काठमाडौं उपत्यकाको निषेधाज्ञा खुकुलो : नीजि सवारी जोर-विजोर प्रणालीमा सञ्चालन गर्न पाइने

काठमाडौं उपत्यकाको निषेधाज्ञा खुकुलो : नीजि सवारी जोर-विजोर प्रणालीमा सञ्चालन गर्न पाइने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरस संक्रमण बढ्दै गए पश्चात गत भदौ ३ गतेदेखि काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा थप खुकुलो भएको छ । भोलिदेखि यातायात र व्यापार व्यवसाय क्षेत्र स्वास्थ्यका मापदण्ड लागू गरेर सञ्चालन गर्न पाइने भएको छ ।

काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार सार्वजनिक र नीजि यातायातमा जोरबिजोर लागू गर्ने र व्यापार व्यवसायलाई शर्तसहित खोल्न दिने बताएका छन् ।

निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकामा सवारीसाधन सञ्चालनमा जोर बिजोर लागू हुने जनाइएको छ । यससँगै काठमाडौं उपत्यका प्रवेशमा कडाइ गरिनेसमेत जनाइएको छ । उपत्यकामा तेस्रोपटक थपिएको निषेधाज्ञाको समयसीमा बुधबार मध्यरात १२ बजे सकिँदैछ । भदौ ३, १० र १७ गते कोरोना संक्रमणको जोखिम बढेको भन्दै उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।

शैक्षिक संस्था, फिल्म हल र जिमखाना लगायत यसअघि बन्द गरिएका क्षेत्र नयाँ निर्णय नहुन्जेल बन्द नै रहने छन् । व्यापार व्यवसाय खोल्न दिने शर्तबारे औपचारिक निर्णयमा विस्तृतमा खुलाइने एक अधिकारीले जानकारी दिए ।

के के खोल्न पाइन्छ ?

नयाँ मोडालिटी अनुसार नीजि सवारीलाई जोर विजोर अनुसार चल्न दिने, दैनिक उपभोग्य सामानका पसल पनि समय तोकेर सञ्चालन गर्ने तथा नीजि कार्यालय, उद्योग एवं कलकारखाना स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने गरी निषेधाज्ञाको नयाँ मोडल प्रस्ताव गरिएको हो ।

निषेधाज्ञा खुकुलो भए पनि भेला हुन, जुलुस गर्न, भीडभाड र जात्रा, महोत्सवमा सहभागी हुन, मन्दिर र चर्चमा नित्य पूजाबाहेक गतिविधि गर्न, कलकारखाना र व्यवसायमा भीडभाड हुने काम गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, गोष्ठी गर्न, सिनेमा घर खुला गर्न, शैलुन, ब्यूटीपार्लर, स्पा सञ्चालन गर्न, पुस्तकालय, चिडियाखाना खोल्न र स्वास्थ्य मापदण्ड विपरित श्रमिक र कामदार ओसारपसार गर्न पाइने छैन ।

Logo