‘कोरोनासँग लिभिङ टुगेदरमा अगाडि बढ्नुको विकल्प छैन’– उपप्रधानमन्त्री पोखरेल (भिडियाेसहित)

‘कोरोनासँग लिभिङ टुगेदरमा अगाडि बढ्नुको विकल्प छैन’– उपप्रधानमन्त्री पोखरेल (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले कोरोना महामारीसँग ‘लिभिङ टुगेदर’ मा अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् । उपत्यकाका सांसदहरुले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री पोखरेलले त्यस्तो बताएका हुन् । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आफ्नो अस्तित्व कायम हुने गरी कोरोनासँग ‘लिभिङ टुगेदर’ मा बस्नुको विकल्प नभएको उनको भनाइ छ ।

उपत्यकाका प्रतिनिधि सभा सांसदहरुको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री पोखरेलले महामारीसँग जुध्दै आफ्नो अस्तित्व कायम राख्नु बुद्धिमानी हुने बताए । उनले भने–‘कोरोना भाइरससँग ‘लिभिङ टुगेदर’ मा बस्नुको विकल्प छैन । हामीले महामारीसँग होस पु¥याएर जुध्दै अस्तित्व कायम राख्नु बुद्धिमानी हुन्छ । अरु उपायतिर जान उचित हुँदैन । निश्चित मापदण्ड प्रयोग गर्दै सामाजिक व्यवहारमा सुधार ल्याउनुपर्छ । आफू सुरक्षित भएर अरुलाई पनि सुरक्षित बनाउने गरी सामाजिक चेतना बढाउनुपर्छ ।’

कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का संयोजकसमेत रहेका मन्त्री पोखरेलले लकडाउन खुकुलो भएपछि बढेको आवतजावतले उपत्यका संक्रमणको हब बनेको बताए । सरकारले कोरोना नियन्त्रणका लागि आइसोलेसन निर्माण गर्दै नीजि अस्पताल र शिक्षण अस्पतालहरुसँग सम्झौता गरेर अगाडि बढिरहेको उनको भनाइ छ ।

त्यस्तै उपत्यकाका सांसदहरुको संयोजन गर्दै मन्त्री पोखरेललाई ज्ञापन पत्र बुझाउन गएका नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले आइसोलेसनसँगै उपत्यका बाहिरबाट आउनेहरुको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताए । स्थानीय सरकारमार्फत सर्वसाधारणको कोरोना बीमाको व्यवस्था गर्नुपर्ने बताए ।

त्यस्तैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद शशी श्रेष्ठले रोगलेभन्दा जनता भोकले मर्ने अवस्था आएकाले यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताइन् । संसदीय समितिबाट कारागारभित्र रहेका कैदीहरुको व्यवस्थापनका लागि पटक पटक ध्यानाकर्षण गराउदा पनि सरकारले केही नगरेको उनको गुनासो छ । कोरोनाबाट कारागारभित्र अहिलेसम्म ४ जनाको मृत्यु भएको उल्लेख गर्दै उनले धेरेलाई लक्षण देखिएपनि परीक्षण नभएकोमा दुःख व्यक्त गरिन । कैदीहरुको व्यवस्थापनका लागि कानुनअनुसार अगाडि बढ्नुपर्ने उनको सुझाव छ ।

महामारीका कारण जनजीवनमा परेको प्रभाव र सरकारले गरेका कामहरुको समीक्षा गर्दै उपत्यकाबाट प्रतिनिध सभामा प्रतिनिधित्व गर्ने सांसदहरुले सुझावसहित मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

Skip This
Skip This
Logo