उम्मेदवारी अपडेट : एक लाख ५२ हजार ४६५ जनाको विवरण सङ्कलन

उम्मेदवारी अपडेट : एक लाख ५२ हजार ४६५ जनाको विवरण सङ्कलन

केन्द्रबिन्दु
0
Shares

स्थानीय तह सदस्य निर्वाचन–२०७९ को कार्यक्रमअन्तर्गत वैशाख ११ र १२ गते परेका उम्मेदवारी मनोनयन दर्तामा हालसम्म एक लाख ५२ हजार ४६५ जनाको विवरण सङ्कलन भएको छ। वैशाख ३० गते हुने निर्वाचनमा ३५ हजार २२१ पदका लागि मतदान हुँदैछ।

निर्वाचन आयोगको प्रणालीमा आज साँझसम्म प्रविष्ट भएको विवरणअनुसार दलगत र स्वतन्त्रसहित प्रमुखमा तीन हजार ४९४, अध्यक्षमा तीन हजार ३८७, उपप्रमुखमा दुई हजार ५६, उपाध्यक्षमा दुई हजार एक, वडाध्यक्षमा ३५ हजार २५६ र सदस्यमा ५५ हजार ४७१ जनाको उम्मेदवारी परेको छ । 

आयोगको सूचना तथा प्रविधि शाखाका अनुसार छुटपुट भएका र विवरण सच्याइएका तथ्याङ्क प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको छ।

Skip This
Skip This
Logo