अमेरिकी डलरकाे मूल्य १२२ रुपैयाँ १६ पैसा, यस्ताे छ आजको विनिमय दर

अमेरिकी डलरकाे मूल्य १२२ रुपैयाँ १६ पैसा, यस्ताे छ आजको विनिमय दर

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ १६ पैसा र बिक्री दर १२२ रुपैयाँ ७६ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १२९ रुपैयाँ ६१ पैसा र बिक्री दर १३० रुपैयाँ २५ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५३ रुपैयाँ सात पैसा र बिक्री दर १५४ रुपैयाँ ४५ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२६ रुपैयाँ ७६ पैसा र बिक्री दर १२७ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ तीन पैसा र बिक्री दर ८७ रुपैयाँ ७२ पैसा छ ।  क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ६२ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली नौ रुपैयाँ ५५ पैसा र बिक्री दर नौ रुपैयाँ छ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६४ पैसा र बिक्री दर १८ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल  एकको खरिद दर ३२ रुपैयाँ ५७ पैसा र बिक्री दर ३२ रुपैयाँ ७३ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ ४३ पैसा र बिक्री दर ३३ रुपैयाँ छ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ दुई पैसा छ भने बिक्री दर २८ रुपैयाँ १६ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ६६ पैसा र बिक्री दर नौ रुपैयाँ सात पैसा कायम भएको छ।

Skip This
Skip This
Logo