इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत बिहीबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले १-१ अन्तरको बराबरी खेलेका छन्।
युनाइटेडकाे घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा भ्रमणकारी टोली चेल्सीले सुरुआती अग्रता बनायो। पहिलो हाफमा चेल्सीले निकै दवाव बनाएपनि गोल गर्न सकेन। दुबै गोल दोस्रो हाफमा सम्भव भएका थिए।
खेलको ६०औं मिनेटमा मार्को एलन्सोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। तर दुई मिनेटमै युनाइटेडले गोल फर्कायो। माटिकको पासमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए।
बराबरीसँगै युनाइटेडको शीर्ष चारमा स्थान बनाउने सम्भावना कमजोर बन्दै गएको छ। चेल्सी ३३ खेलबाट ६६ अंकसहित तेस्रो स्थानमा छ। दुई खेल बढी खेलेको युनाइटेड ५५ अंकसहित छैटौं स्थानमा छ।































प्रतिक्रिया