चीनमा कोभिडः वृद्धवृद्धालाई क्वारेन्टिनमा सास्ती

चीनमा कोभिडः वृद्धवृद्धालाई क्वारेन्टिनमा सास्ती

केन्द्रबिन्दु
0
Shares

चिनियाँ सहर सांघाईका हजारौं वृद्धवृद्धाहरू पाँच हप्तादेखि जारी बन्दाबन्दीले नराम्ररी प्रभावित भएका छन् । मार्चको सुरुमा महामारी फैलिएपछि ५ लाखभन्दा बढीमा कोभिड पोजेटिभ देखिएको छ। उनीहरुमध्ये झन्डै १० हजार जना ८० वर्षभन्दा माथिका वृद्धवृद्धा छन् । 

संक्रमित वा नजिकको सम्पर्कमा भएका व्यक्तिहरु राज्यद्वारा सञ्चालित क्वारेन्टिन केन्द्रमा बस्नुपर्ने बाध्यता छ। त्यस्ता केन्द्रहरूमा सयौँ मानिसहरू एकै ठाउँमा राखिने गरिएको छ।

सामाजिक सञ्जालमा सेयर गरिएका तस्बीरमा अव्यवस्थित अवस्थाहरू देख्न सकिन्छ । आफ्नी ९० वर्षीया हजुरआमा बसेको एउटा क्वारेन्टिन केन्द्रमा अस्वच्छ रहेको सांघाइकी एक युवतीले बीबीसीलाई बताइन्। हजुरआमा राम्ररी सुत्न नसकेको त्यहाँ राम्रोसँग स्याहार नगरिएको उनको गुनासो छ।एजेन्सी

Skip This
Skip This
Logo