आज १३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

आज १३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

केन्द्रबिन्दु
0
Shares

आज १३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस।

‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकले सडक ओर्लिएर बलिदानीपूर्ण संघर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आइतबार विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ ।

अन्तर्राष्ट्रिष्य श्रमिक दिवसका अवसरमा नेपालमा पनि विभिन्न ट्रेड युनियनले विभिन्न कार्यक्रम आयोजना गरेका छन्। कांग्रेस निकट नेपाल ट्रेड युनियनदे आइतबार बिहान पदयात्राको आयोजना गरेको छ। भृकुटीमण्डपबाट सुरु हुने पदयात्रा शहीदगेट, न्यूरोड, रत्नपार्क हुँदै बागबजारस्थित भक्तपुर बसपार्कमा पुगेर सभामा परिणत हुनेछ। 

यस्तै नेपाल ट्रेड युनियन महासंघले मध्याह्न भृकुटीमण्डमा श्रमिक सभा आयोजना गर्दै छ। नेपालका क्रियाशील एक दर्जन बढी ट्रेड युनियनको साझा संस्था ट्रेड युनियन समन्वय केन्द्र (जेटियूसीसी)ले अपराह्न बृहत् कार्यक्रम गर्ने जनाएको छ ।
 

Skip This
Skip This
Logo