प्रि मनसुनले काठमाडौंमा वर्षा, यस्तो छ दिउँसोको मौसम

प्रि मनसुनले काठमाडौंमा वर्षा, यस्तो छ दिउँसोको मौसम

केन्द्रबिन्दु
0
Shares

‘प्रि मनसुन’ सुरु भएसँगै काठमाडौंमा आज बिहानैदेखि झरी परिरहेको छ भने देशभर आंशिकदेखि सामान्य बदली भएको छ ।

प्रदेश १ र मधेश प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भू-भागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ । 

सोमवार दिउँसो बागमतीसहित प्रदेश १, मधेश प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रहने विभागले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। यी प्रदेशमा सोमवार राति पनि पानी पर्ने अनुमान छ। 

मंगलबार र बुधबार पनि पानी पर्ने सम्भवना रहे पनि हल्का तथा क्षणिक हुने मौसमविद् मानन्धरले बताइन्। प्रिमनसुनको समय भएकोले एकैछिनमा वर्ष, हावाहुरी तथा मेघ गर्जन÷चट्याङ्गसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

Skip This
Skip This
Logo