राष्ट्रिय भलिबल : महिलातर्फ आर्मी र पुलिसको विजयी सुरुवात, एपीएफ पराजित

राष्ट्रिय भलिबल : महिलातर्फ आर्मी र पुलिसको विजयी सुरुवात, एपीएफ पराजित

केन्द्रबिन्दु
9
Shares

छैटौं संस्करणको आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताअन्तर्गत दोस्रो दिनबाट महिलातर्फको खेल सुरु भएको छ। सोमबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले जित हात पार्दा एपीएफ क्लब भने पराजित भएको छ।

दिनको पहिलो खेलमा आर्मीले एभरेस्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्‍याे। आर्मीले एभरेस्टमाथि २५-१९, २५-७, २५-१८ को सेटमा जित निकाल्दै सुरुवाती तीन अंक जोड्यो। दिनको दोस्रो खेलमा एपीएफ क्लबलाई ३-१ को सेटमा हराउँदै पुलिसले विजयी सुरुवात गर्‍याे। सुरुवाती दुई सेट गुमाएको एपीएफले तेस्रो सेट जित्दै खेलमा फर्कने कोसिस गरे पनि सफल हुन सकेन।

पुलिसले भने एपीएफलाई सुरुवातबाटै दबाबमा राख्न सफल भयो। पुलिसले सुरुवाती दुई सेट २५-२०,२५-२३ ले जित्दा तेस्रो सेट एपीएफले २५-१७ जित्यो। तर, चौथो सेट २५-१६ ले जित्दै पुलिसले महत्त्वपूर्ण तीन अंक हात पार्‍याे। आज नै पुरुषतर्फका तीन खेल हुनेछन्।

Skip This
Skip This
Logo