निर्माणाधीन निजगढ काठमाडौं द्रुतमार्ग (फास्ट ट्रयाक) मा लोडर पल्टिँदा दुई जना चिनियाँ नागरिकको मृत्यु भएको छ।
बकैया गाउँपालिका ११ जितपुरभञ्ज्याङमा लोडर पल्टिँदा एक जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
मृत्यु हुने दुवै चिनियाँ नागरिक भएको बताइएको छ। निर्माणाधीन फास्ट ट्रयाकमा खनेको माटो फाल्ने क्रममा लोडर पल्टिँदा उनीहरुको मृत्यु भएको हो ।
लोडर सडकबाट करिब ५० मिटर तल पुगेको छ। लोडरमा ५ जना चिनियाँ नागरिक र एक जना नेपाली रहेको प्रहरीले जनाएको छ। बाँकी ४ जनाको उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।































प्रतिक्रिया