बुवाको हत्या आरोपमा छोरा पक्राउ

बुवाको हत्या आरोपमा छोरा पक्राउ

केन्द्रबिन्दु
0
Shares

आफ्नै बुवा ५० वर्षीय शंकर यादवलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनको छोरालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा रामग्राम नगरपालिका–१४ प्रसावल बस्ने ३२ वर्षीय बालगोबिन्द यादव छन् । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । 

बालगोबिन्दले कुटपिट गर्दा गम्भीर घाइते भएका शंकरको पृथ्वीचन्द्र अस्पताल परासी हुँदै थप उपचारको लागि मेडिकल कलेज भैरहवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरी चौकी बैरागनाथबाट खटिएको प्रहरीले बालगोबिन्दलाई पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Skip This
Skip This
Logo