कतारबाट आज १४५ नेपाली स्वदेश फर्किए

कतारबाट आज १४५ नेपाली स्वदेश फर्किए

केन्द्रबिन्दु
0
Shares

दोहा कतार ।

हिमालयन एयरलाईन्सले कतारको राजधानी दोहाबाट ३५ औँ सहजिकरण उडान गरेको छ । उक्त उडान मार्फत १४५ जना नेपाल फर्किएको जानकारी नेपाली दूतावासका तर्फबाट प्रोटोकल डियुटिमा खटिएका द्वित्तिय सचिव भुवन प्रसाद भट्टले दिएका छन् ।

PCR रिपोर्टै पढदैनन यात्रु 

गएको सोमबार समाचार सङ्कलनका लागी हमाद विमानस्थलमा पुग्दा कोरोना चेक गरे पश्चात् प्राप्त रिपोर्टमा “Covid-19 PCR Inconclusive” अर्थात् अनिर्णायक लेखेको नबुझेर आधा दर्जन यात्रु फर्किएको समाचार प्रकाशित गरेका थियौं । उक्त समाचारबाट यात्रुहरू सचेत भएको समेत पाइयो तर आज विमानस्थलमा कोरोना “Suspected अर्थात् “कोरोनाको लक्षण देखिएको” भनि लेखेको रिपोर्ट सहित पुगेको पाइयो । नेपाल यात्रा गर्दा Covid-19 PCR Negative” प्रस्टसँग लेखिएकोले मात्र यात्रा गर्न पाउँछन् भन्ने चेतनाको कमी मात्र होइन चेकजॉच गरेको ७२ घण्टा काटेपछि यात्रा गर्न पाइँदैन भन्ने समेत नबुझ्दा एयरपोर्टबाट १४ जना यात्रु फर्किएका छन् ।

हिमालयन एयरलाईन्सले होल्डिङ टिकट बेच्यो 

कतारको विमानस्थलमा हिमालयन एयरलाइन्सको होल्डिङ टिकट लिएर पालो पर्खिएर बसेका सोलुखुम्बुका टेकबहादुर कार्की भेटिए । पटक पटक बोर्डिङ काउन्टरले “टिकट कन्फर्म छैन, कोही फर्किए भने चान्समा जाउला” भने पछि उनी क्रोधित देखिए । यता कपिलवस्तुका विक्रम कार्की बाबाको काजक्रियाका लागी हिँडेका थिए तर टिकट होल्डिङ परे पछि उनी थप पिडामा परे । बरु चान्स टिकट हो भन्दिएको भए पाए जान्थ्यौ ! घर गइन्छ भन्ने विश्वासले परिवारमा आउँदैछु भनिने पनि थिएन, कार्कीको गुनासो थियो । यता पाल्पाका पोसराज भट्टराई (नीरज) पनि होल्डिङ टिकटकै मारमा परेर छटपटाई रहेका थिए । यद्दपी १४ यात्रुहरु PCR रिपोर्टका कारणले फर्किए पछी उनीहरुले दोहाबाट उडान भर्न पाए।

कान्तिपुर मेडिकल सेन्टरको स्थलगत सहयोग 

कतारको सरकारी अस्पताले निःशुल्क कोरोना टेस्ट गरी रिपोर्ट दिने गरे पनि निजी क्षेत्रको लगानी रहेको कान्तिपुर मेडिकल सेन्टरले अन्य निजी अस्पतालहरू भन्दा १०० रियाल सस्तो अर्थात् ४०० रियालमा PCR टेस्ट गरी रिपोर्ट विमानस्थलमै उपलब्ध गराउँदै आएको छ । कोरोना परीक्षणका लागी कतिपय कम्पनी तथा व्यक्तिहरूले निजी क्षेत्र नै रोज्ने गरेको र पिसिआर टेस्ट गरेर फर्किएकाहरूको रिपोर्ट लिने देखी एयरपोर्ट सम्म पुर्‍याउने कार्य कान्तिपुरले गरीदिदॉ यातायात खर्च र समय समेत बचत हुने हुदॉ अहिले कान्तिपुर PCR परीक्षणको लागी विश्वासिलो बन्दै रोजाईमा पर्ने गरेको बिमानस्थलमा भेटिएका बजार व्यवस्थापक विशाल खतिवडाले बताए ।

यात्रीहरूलाई बिदाइ गर्न भट्टका अलावा प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष चानक पोखरेल, गुल्मि सेवा समाजका अध्यक्ष झविन्द्र आचार्य लगायतका व्यक्तिहरू एयरपोर्ट पुगेका थिए।

Skip This
Skip This
Logo