चितवन पुगेका प्रधानमन्त्री देउवा निजी गाडी चढेर पुगे होटेल सिराइचुली

चितवन पुगेका प्रधानमन्त्री देउवा निजी गाडी चढेर पुगे होटेल सिराइचुली

केन्द्रबिन्दु
0
Shares

गठबन्धनका दलले बिहीबार भरतपुरमा आयोजना गर्न लागेको चुनावी सभामा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुगेका छन्। देउवा नेपाली सेनाको जहाज चढेर साँझ साढे ५ बजे भरतपुर विमानस्थलमा ओर्लिएका हुन्।

विमानस्थलबाट बा३च २०५० नम्बरको निजी गाडीमा चढेर देउवा होटेल सिराइचुली पुगेका छन् । निर्वाचन आचारसंहिता लाग्ने भएकाले उनले निजी गाडी चढेका हुन् ।

देउवाविरुद्ध आजै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरीसमेत परेको छ। बहालवाला प्रधानमन्त्री कुनै दलका उम्मेदवारको प्रचारप्रसारका लागि सरकारी सम्पत्तिको प्रयोग गरेर आउन लागेको भन्दै अधिवक्ता सुनिता अधिकारीले उजुरी हालेकी हुन्।

पाँचदलीय गठबन्धनले बिहीबार केन्द्रीय बसपार्कमा चुनावी सभाको आयोजना गर्दैछ।

Skip This
Skip This
Logo