गृहमन्त्रीको निर्देशनपछि काभ्रेकाे रोशी दुर्घटना अनुसन्धान गर्न समिति गठन

गृहमन्त्रीको निर्देशनपछि काभ्रेकाे रोशी दुर्घटना अनुसन्धान गर्न समिति गठन

केन्द्रबिन्दु
0
Shares

काभ्रेको रोशी गाउँपालिका–११ मा पर्ने डालाबेँसीमा भएको दुर्घटना अनुसन्धान गर्न प्रहरी नायब उपरीक्षकको संयोजकत्वमा समिति गठन भएको छ। 

गृहमन्त्री बालकृष्ण खाणले भारतीय पर्यटक बोकेको मिनी बस र जीप ठोक्किँदा पाँच जनाको मृत्यु र १९ जना घाइते भएको दुर्घटनाको अनुसन्धान गर्न निर्देशन दिएपछि प्रहरी नायब उपरीक्षक हरि खतिवडाको नेतृत्वमा घटनाको अनुसन्धानका लागि तीन सदस्यीय समिति बनाइएको हो। 

उनका अनुसार समितिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत र प्रहरी निरीक्षक सदस्य छन्। गृहमन्त्री खाणले काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई टेलिफोन गरि छानबिन समिति बनाउन निर्देशन दिए।
 
बुधबार मध्याह्न काठमाडौँबाट सिन्धुलीतर्फ जाँदै गरेको UP-58-T-8181 नंको मिनी बस र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज ४२१० नं.को सुमो ठोक्किँदा दुई महिला, दुई पुरुष र एक बालक गरि पाँच जनाको मृत्यु भएको थियो।

Skip This
Skip This
Logo