आईपीएल : बैंगलोरद्वारा चेन्नई पराजित

आईपीएल : बैंगलोरद्वारा चेन्नई पराजित

केन्द्रबिन्दु
0
Shares

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तरगत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैङ्लोर विजयी भएको छ।

पुणेमा भएको खेलमा बैङ्लोरले चेन्नई सुपर किङ्सलाई १३ रनले पराजित गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको बैङ्लोरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७३ रन बनाएको थियो । १ सय ७४ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा १६० रन मात्र बनाउनसक्यो ।

जितसँगै लिगमा १२ अंक जोडर बैङ्लोर चौथो स्थानमा उक्लिएको छ । उसले जारी आईपीएलमा अहिलेसम्म ११ खेलमा ६ मा जित र ५ मा हारको सामना गरेको छ । १० खेलमा ३ मा जित र ७ हार खाएको चेन्नई ६ अङ्कका साथ तालिकाको नवौं स्थानमा छ ।
 

Skip This
Skip This
Logo