काठमाडौं । यातायात व्यवसायीहरुले विदेशबाट आउनेहरुलाई जिल्लासम्म पु¥याउन सार्वजनिक सवारी साधनको प्रयोग नगरेको भन्दै यातायात व्यवस्था विभाग अगाडि धर्ना दिएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालमा आवद्ध व्यवसायीहरुले विदेशबाट आएका नेपालीलाई होल्डिङ सेन्टरबाट जिल्लासम्म पु¥याउन सस्तो भाडा दर प्रस्ताव गरेपनि बेवास्ता गरिएको भन्दै धर्नामा बसेका हुन् ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई बेवास्ता गर्दै व्यवसायीहरु बबरमहलस्थित विभागको कार्यालय अगाडि धर्नामा बसेका छन् । महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले देशभर सञ्चालनमा रहेका सबै कम्पनीहरुसँग समन्वय गरी सबै प्रदेशका सवारी साधनहरु सम्बन्धित प्रदेशमा जाने व्यवस्था गर्न माग गरिएको तर सीसीएमसीबाट बेवास्ता गरिएकोले धर्ना बस्न बाध्य भएको बताए । होल्डिङ सेन्टरमा रहेका मानिसहरुलाई महँगो भाडादरमा यातायात व्यवसायी बाहेकका सवारी साधनमार्फत लाने व्यवस्था गरिएको बताए ।
सार्वजनिक यातायात व्यवसायीका सवारी साधन प्रयोग गरेमा अहिलेको भाडादरभन्दा निकै कम दरमा गन्तव्यमा पुग्न सक्ने भएपनि सीसीएमसीले माफियाहरुको प्रभावमा यात्रुहरुलाई महँगो भाडादर तिर्न बाध्य पारिएको रिजालको आरोप छ ।
व्यवसायीहरुले सम्बन्धित प्रदेशका सवारीहरु सम्ब्न्धित प्रदेशमै पठाउँदा आलोपालो निर्धारण गरेर सञ्चालन गर्न दिनुपर्ने माग समेत गरेका छन् । कार्य क्षेत्रमा अनुचित ढंगले संकलन गरिएको व्यवस्थापकीय बाहेकका आर्थिक क्रियाकलाप बन्द गर्न समेत उनीहरुले माग गरेका छन् ।
सार्वजनिक यातायातको प्रयोग भएमा यात्रु भाडा दरका हकमा महासंघले सीसीएमसीमा प्रस्ताव गरे बमोजिमको दरमा सीट उपलब्ध गराउने पनि व्यवसायीहरुले बताए । ‘कमिशन तन्त्र खारेज गर’, ‘होल्डिङ सेन्टरमा यातायात व्यवस्थापकबाट यात्रु ठगि रकमको छानबिन गर’, ‘पीडित तथा बेखर्ची यात्रुलाई निःशुल्क गन्तव्य पु¥याउने व्यवस्था गर’, ‘यातायात व्यवसायीलाई ब्याज छुटको व्यवस्था गर’ लेखिएका ब्यानर बोकेर यातायात व्यवसायी धर्नामा बसेका थिए ।































प्रतिक्रिया