निर्वाचन पर्यवेक्षण समितिका अध्यक्ष पोखरेलसंग स्पष्टीकरण माग

निर्वाचन पर्यवेक्षण समितिका अध्यक्ष पोखरेलसंग स्पष्टीकरण माग

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले निर्वाचन पर्यवेक्षण समितिका अध्यक्ष प्रदीप पोखरेललाई स्पष्टीकरण सोधेको छ ।

वैशाख १९ गते टेलिभिजनमार्फत प्रसारण भएको अन्तर्वार्तालाई लिएर आयोगले अध्यक्ष पोखरेललाई लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो । निर्देशनमा अध्यक्ष पोखरेलले व्यक्त गरेका धारणा निर्वाचन पर्यवेक्षण समितिको आधिकारिक धारणा हुन् वा निजी अभिव्यक्ति हुन् ? २४ घण्टाभित्र आयोगमा लिखित स्पष्टीकरण पेस गर्नु भनिएको छ ।

निर्वाचन आचारसंहिता-२०७८ को विपरीत हुने गरी राजनीतिक दल हैन स्वतन्त्र उम्मेदवारलाई हेर्नुपर्छ भनी मतदातालाई प्रभाव पार्ने, दलहरूले नियुक्त गरेको निर्वाचन आयोग र निर्वाचन आयुक्तहरू भनी संवैधानिक आयोगको गरिमामाथि नकारात्मक टिप्पणीसहितका अभिव्यक्ति दिएको देखिएको भन्दै आयोगले पोखरेलसँग स्पष्टीकरण सोधेको हो ।

Skip This
Skip This
Logo