जिम्बाब्बे ए लाई नेपालद्वारा १३७ रनको लक्ष्य प्रस्तुत

जिम्बाब्बे ए लाई नेपालद्वारा १३७ रनको लक्ष्य प्रस्तुत

केन्द्रबिन्दु
0
Shares

एकदिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा जिम्बाब्बे ‘ए’ लाई नेपालले १३७ रनको सामान्य  लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा निम्त्याइएको नेपालले ३१.३ ओभरमा सबै विकेट गुमाएर १३६ रनको योगफल खडा गर्‍याे।

नेपालको ब्याटिङमा सोमपाल कामीले सर्वाधिक ३० रन बनाए। ७० बल खेलेका सोमपालले दुई चौका र एक छक्का प्रहार गरे । यस्तै, करण केसीले २५ रन बनाउँदा कुशल भुर्तेलले १९ र दीपेन्द्रसिंह ऐरीले १८ रन जोडे । यसबाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

गत साता शनिबार नै नेपाल र जिम्बाब्बेबीचको तीन एकदिवसीय खेलको शृंखलाको तालिका रहेको थियो। तर, लगतारको वर्षाका कारण पहिलो एक दिवसीय खेल सम्भव भएन । त्यसलगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले एक दिवसीय शृंखलाको तालिका परिवर्तन गर्दै पहिला तीन टी-२० शृंखला आयोजना गरेको थियो ।

तीन टी- २० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भयो । दोस्रो खेल वर्षाका कारण सम्भवन भएन। बुधबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा आठ विकेटको जितसहित नेपालले शृंंखलामा १-१ को बराबरी गरेको थियो ।

नयाँ तालिकाअनुसार शुक्रबारबाट तीन एकदिवसीय शृंंखलाअन्तर्गतको पहिलो खेल आयोजना हुन लागेको हो । 

Skip This
Skip This
Logo