कांग्रेसलाई अहिले पनि राणा शासन छ भन्ने भ्रम रहेछ : सुरेन्द्र पाण्डे

कांग्रेसलाई अहिले पनि राणा शासन छ भन्ने भ्रम रहेछ : सुरेन्द्र पाण्डे

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवा र रेनु दाहालको राजनीतिक पिरती धेरै दिन नटिक्ने बताएका छन्।

नेकपा एमालेको चुनावी सभालाई सम्बाेधन गर्दै नेता पाण्डेले देउवाले यसअघि रेनुलाई मेयरमा मैले उठाएको भनेर दाबी गरेको प्रसङ्ग उक्काउँदै भने, ‘देउवाको रेनु र प्रचण्डमाथि बसेको पिरती च्याउरे पिरती हो, धेरै दिन टिक्दैन, यो पिरती केही दिनको लागि हो।’

कांग्रेसका उम्मेदवारलाई नजिताए केन्द्रबाट बजेट पारिन्नँ भनेर प्रधानमन्त्री पत्नी आरजु देउवाले भनेको प्रसङ्ग निकाल्दै नेता पाण्डेले भने, ‘कांग्रेसलाई अहिले पनि राणा शासन छ भन्ने भ्रम रहेछ, प्रधानमन्त्री पत्नीज्यू जनताको करको ढुकुटी मनलाग्दी गर्न पाइन्छ ? अहिले राणा शासन छैन, भ्रममा नपर्नुस् ।’

उनले एमालेका उम्मेदवार विजय सुवेदीलाई भरतपुर महानगरको मेयरमा जिताए नयाँ भरतपुर बन्ने बताए ।

Skip This
Skip This
Logo