बारा र पर्साका सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता

बारा र पर्साका सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता

केन्द्रबिन्दु
0
Shares

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरि बारा र पर्साका नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको टोलीले उच्च सुरक्षा सतर्कता अनपाएको छ। निर्वाचनका बेला  सीमा क्षेत्रमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले दुवै जिल्लाका सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको हो।

सशस्त्र प्रहरी बल, नेपाल नं १३ गणका अनुसार मातहातका सबै सुरक्षा शाखालाई परिचालन गरि सीमा क्षेत्रमा निगरानी गर्दै आएको गणका प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद  पोखरेलले जानकारी दिए। यता बारा जिल्लामा पनि सशस्त्र प्रहरीले चुनावका बेलामा सीमा क्षेत्रमा निगरानी थालेको छ। सीमा क्षेत्रमा हुनसक्ने सबै प्रकारका आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्लास्थित सशस्त्र प्रहरी बल १२ नं गणका प्रहरी उपरीक्षक राजेन्द्र थापाले जानकारी दिए। 

पर्सा तथा बारास्थित जिल्ला सशस्त्र प्रहरी  गण माताहत  सुरक्षा बेस,  सीमा सुरक्षा पोष्ट ( बिओपी) र  सीमा निगरानी पोष्ट (एफओवी)  निर्वाचनका बेलामा शान्ति सुरक्षामा क्रियाशील रहेका छन्। 

सुरक्षाकर्मीद्वारा प्रचार सामाग्री हटाइँदै
पर्सा जिल्लाका विभिन्न स्थानमा स्थानीय तह निर्वाचनअन्तर्गत उम्मेदवारको प्रचारप्रसारका लागि सार्वजनिकस्थलमा टाँगिएका पोष्टर पम्प्लेट, ब्यानर तथा पार्टीका झण्डा हटाउन थालिएको छ। बिजुलीको पोल, विद्यालय, चोक चौराहालगायत सार्वजनिकस्थलमा निर्वाचन आचारसंहिता विपरीत राखिएका निर्वाचन सामग्री सुरक्षा निकायको टोलीले  हटाउन थालेको हो। 

जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा उम्मेदवारले पनि पार्टी कार्यालयबाहेक सार्वजनिकस्थलमा राखिएको निर्वाचन प्रचारसामग्री हटाउने प्रतिबद्धता व्यक्त गरेपनि ती सामग्री उम्मेदवार र दल स्वयंले नहटाएका कारण सुरक्षाकर्मीले हटाउन सुरू गरेका हुन्। क्रियाशील प्रमुख राजनीतिक दलका उम्मेदवारले सार्वजनिकस्थलमा राखेका पार्टीको झण्डा, ब्यानर, तुललगायतका प्रचार सामग्री हटाउने यस अगावै प्रतिबद्धता जनाइसकेका थिए।  

तीन लाख ३९ हजार ८३६ मतदातामध्ये  पुरुष एक लाख ९१ हजार ५३७ र महिला एक लाख ४८ हजार २८३ र अन्य १६ मतदाता रहेका छन्। पर्सा जिल्लामा १६७  वटा मतदानस्थल र ४०४  वटा मतदान केन्द्र निर्धारण गरिएको छ।

Skip This
Skip This
Logo