मतदान र गणनामा त्रिपालको व्यवस्था गर्न निर्वाचन आयोगको निर्देशन

मतदान र गणनामा त्रिपालको व्यवस्था गर्न निर्वाचन आयोगको निर्देशन

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले वैशाख ३० गतेको निर्वाचनलाई वर्षाले प्रभावित पार्न नसक्ने व्यवस्थापनका लागि स्थानीय तहहरुलाई निर्देशन दिएको छ।

मौसमविद्हरुले हाल नेपालमा स्थानीय वायु र भारतको बिहारदेखि पश्चिम बङ्गालसम्म बनेको न्यून चापीय प्रणालीका साथै पश्चिमी वायुको संयुक्त प्रभाव रहेको र त्यसले वैशाख ३० गतेको निर्वाचनका दिन पानी पर्ने सम्भावना रहेकोले निर्वाचन केन्द्र, मतपेटिका र गणनाको सुरक्षाका लागि आयोगलाई सुझाव दिइरहँदा आयोगले मतदान हुने सबै मतदान केन्द्रहरुमा वर्षातको पानीबाट मतदान कार्य र सो पश्चात मतगणना कार्य प्रभावित नहुनेगरि जोगाउने व्यवस्थाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहहरुलाई निर्देशन दिएको जनाएको छ।

त्यसका साथै आवश्यक समन्वय एवं सहजीकरणका लागि गृह मन्त्रालय मार्फत सबै प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन गर्ने निर्णय गरिएको आयोगले जनाएको छ। 

त्यसका लागि पाल त्रिपाल वा प्लास्टिकको व्यवस्था गर्न सबै स्थानीय तहहरुले सम्बन्धित निर्वाचन अधिकृत, मतदान अधिकृत र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरि आवश्यक व्यवस्था मिलाउन आयोगले निर्देशन दिएको हो । 

Skip This
Skip This
Logo