संविधानको रक्षाका लागि गठबन्धन भएको हो : महालक्ष्मी उपाध्याय

संविधानको रक्षाका लागि गठबन्धन भएको हो : महालक्ष्मी उपाध्याय

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले सर्वसत्तावाद प्रवृत्तिविरुद्ध गठबन्धन गरिएको बताएकी छिन् । केपी ओलीबाट संविधानमाथि प्रहार भएपछि सर्वसत्तावाद प्रवृत्तिविरुद्ध र संविधानको रक्षाका लागि स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरूबीच गठबन्धन भएको उनको भनाइ छ ।

मंगलबार हेटौंडा उपमहानगरपालिका २ र मकवानपुरगढी गाउँपालिका(३ मा आयोजित सभालाई सम्बोधन गर्दै डीनाले नेकपा एमालेबाट अबको विकास र परिवर्तन सम्भव नभएको बताइन् ।  यसैगरी कांग्रेस नेता आनन्दराम पराजुलीले स्थानीय तहलाई थप अधिकारसम्पन्न बनाउन र विकासका लागि गठबन्धनका उम्मेदवारले जित्नुपर्ने बताए ।

Skip This
Skip This
Logo