आरजु राणालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

आरजु राणालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। मंगलबार आयोगले राणालाई उनले चुनावी सभाहरुमा दिएको अभिव्यक्तिबारे आयोगमा उजुरी परेको जनाएको छ।  

मतदातालाई अनुचित प्रभावमा पार्न खोजेको र आर्थिक प्रलोभन देखाउने खालको अभिव्यक्ति दिएको उजुरीका आधारमा स्पष्टीकरण सोधेको निर्वाचन आयोगको पत्रमा जनाइएको छ। 

संघीय सरकारबाट स्थानीय तहहरुलाई के कति बजेट जाने भन्ने सम्बन्धमा संविधान र कानुन बमोजिम संघीय सञ्चित कोषबाट संघ, प्रदेश र स्थानीय सरकारबीच राजश्वको बाँडफाँट गर्ने विस्तृत आधार र ढाँचा निर्धारणको व्यवस्था संविधानमा रहेको उल्लेख गर्दै आयोगले बोलेको विषय संविधान सम्मत छ कि छैन भनेर प्रश्न गरेको छ। 

Skip This
Skip This
Logo