जर्मनीबाट इंग्ल्याण्ड जाँदै हालाण्ड

जर्मनीबाट इंग्ल्याण्ड जाँदै हालाण्ड

केन्द्रबिन्दु
0
Shares

बोरुसिया डर्टमन्डका स्टार खेलाडी अर्लिङ हालाण्ड नयाँ सिजनबाट म्यानचेस्टर सिटीको जर्सीमा देखिने भएका छन् । 

डर्टमन्डले हालाण्डलाई ट्रान्सफर विन्डोमै बिक्री गर्ने भएको हो । उक्त खबर बाहिरिए देखि नै युरोपका धेरै क्लबहरु हालाण्ड भित्र्याउन कम्बर कसेर लागेका थिए । हालाण्डका लागि सिटीका अलावा रियल म्याड्रिड, बार्सिलोना, बायर्न म्युनिख र पेरिस सेन्ट–जर्मेन जस्ता ठुला युरोपेली क्लबहरूको नजर थियो । 
बीबीसी स्पोर्टसका अनुसार २१ वर्षीय नर्वेजियन खेलाडीका लागि म्यानचेस्टर सिटी ६३ मिलियन युरो तिर्न सहमत भएको छ । यस विषयमा जर्मनी टिम बेरुसिया डर्टमन्डले भने छिट्टै आधिकारिक घोषणा गर्ने अपेक्षा गरिएको छ । समरमा हुने यो कन्ट्रयाक्ट ठूलो मध्येको एक हुनेछ । 

हालाण्डको सिटीसँग सम्भावित सरुवालाई लिएर सोमबारदेखि नै विभिन्न चर्चा चलिरहेको थियो । सिटीले गत वर्षको समरमा टटनह्यामका ह्यारी केनलाई भित्रयाउन निकै प्रयास गर्यो तर स्पर्सका अध्यक्ष ड्यानियल लेभीले केनलाई बेच्न अस्वीकार गरे । केनको कन्ट्रयाक्ट टटनह्यामसँग अझै २ वर्ष बाँकी नै रहेको छ । 

हालाण्डले हालसम्म मोल्डे, रेड बुल, साल्जबर्ग र डर्टमन्डका लागि १२१ खेलमा ९२ गोल गरेका छन् । । सन् २०२० को जनवरीमा उनी डर्टमण्ड आएका हुन् । त्यसयता उनले ८५ खेलमा ८८ गोल गरिसकेका छन् । हालाण्ड गत वर्ष च्याम्पियन्स लिगमा २० गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका थिए । 

Skip This
Skip This
Logo