मतदाता परिचयपत्र हराएमा जग्गाधनी पूर्जाका आधारमा पनि मतदान गर्न पाइने

मतदाता परिचयपत्र हराएमा जग्गाधनी पूर्जाका आधारमा पनि मतदान गर्न पाइने

केन्द्रबिन्दु
0
Shares

वैशाख ३० गतेको निर्वाचनमा मतदाता परिचयपत्र नभएकाले परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ। 

आयोगले स्थानीय तह निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाना नामावलीमा नाम भएका मतदाताले परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने बुधबार विज्ञप्ति प्रकाशन गरि जानकारी दिएको हो। 

'स्थानीय तह निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी पूर्जाको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकीन गरि मतदान गर्न पाउने व्यवस्था गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन पठाइ सकिएको छ' आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

Skip This
Skip This
Logo