काभ्रेमा आजदेखि चार दिन टिपर सञ्चालनमा रोक

काभ्रेमा आजदेखि चार दिन टिपर सञ्चालनमा रोक

केन्द्रबिन्दु
0
Shares

शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई थप व्यवस्थित बनाउन काभ्रेपलाञ्चोक जिल्लामा चार दिनसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ। 

जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई ध्यानमा राखेर आज बिहान ६ बजेदेखि आगामी जेठ १ गते राति १२ बजेसम्मका लागि राति सञ्चालन हुँदै आएको टिपर स्थानीय तह निर्वाचनलाई ध्यानमा राखी बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले बताए।

त्यससँगै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष शान्तिपूर्ण, सुरक्षित र भयरहित बातावरणमा सम्पन्न गराउन निर्वाचन आयोगको निर्णयानुसार मतदानका दिन जिल्लाभर अत्यावश्यक सेवाबाहेकका अन्य सबै प्रकारका सवारीसाधन बन्द गरिने जनाइएको छ।

त्यस्तै उक्त कार्यालयले निर्वाचनका बेला सुरक्षा व्यवस्थालाई ध्यानमा राखी वैशाख २६ गतेदेखि  ३१ गतेसम्मका लागि मदिरा बिक्री वितरणमा रोक लगाइसकेको छ। तोकिएको समयसम्म जिल्लाभर मादक पदार्थ बिक्री वितरण र उपभोगलाई पूर्णरूपमा निषेध गरिएको हो। जिल्लामा १३ वटा स्थानीय तहका १८९ मतदानस्थल ३८१ वटा मतदान केन्द्रबाट मतदाताले मतदान गर्दैछन् ।

Skip This
Skip This
Logo