मतदानपछि डंगोलले भनिन् – ‘मैले जनताको माया पाएकी छु’

मतदानपछि डंगोलले भनिन् – ‘मैले जनताको माया पाएकी छु’

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेदवार सुनिता डंगोलले स्थानीय तहको निर्वाचनमा मतदान गरेकिछन् ।

उनले लगनको फसीगा ननी चोकस्थित मतदान स्थलबाट मतदान गरेकिहुन् । मतदानपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा आजको दिन मतादाताको एक भोटको पनि धेरै महत्वपूर्ण हुने भएकोले योग्य र मन परेको उम्मेदवारलाई भोट हाल्न गरिन् । उनले स्थानीय तहको निर्वाचनलाई लिएर आफू उत्साहीत रहेको र जनताको माया पाएकोले आफूले जित्नेमा विश्वस्त रहेको बताइन् ।

उपमेयरकी उम्मेदवार डंगोलले भनिन्, ‘अधिकारको प्रयोग गरेर मत हालौँ । म पनि एकदमै उत्साहीत छु । मैले जनताको माया पाएकी छु यो ने जितको ठूलो आधार हो ।’

उपमेयरकी उम्मेदवार डंगोलले अबको केही दिनमा नै नतिजा आउने भएकोले संयमता अपनाएर बस्न र उचित उम्मेदवारलाई मतदान गर्न पनि गरिन् । स्थानीय तहको निर्वाचन आज देशभरका ७५० स्थानीय तहमा भइरहेको छ । 

Skip This
Skip This
Logo