मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मत खस्यो: निर्वाचन आयोग

मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मत खस्यो: निर्वाचन आयोग

केन्द्रबिन्दु
0
Shares

स्थानीय तह निर्वाचन अन्तर्गत आज मतदान कार्य भइरहेको छ । प्रारम्भिक तथ्याङ्कअनुसार हालसम्म ३५ प्रतिशत मत दान भएको निर्वाचन आयोगले जानकारी दिएको छ । 

आज (शुक्रवार)  बिहान ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म ३५ प्रतिशत मत खसेको आयोगले जनाएको हो । आयोगका प्रवक्ता एवम् सहसचिव शालिग्राम शर्मा पौडेलले अहिलेसम्म छिटफुट घटना बाहेक मतदान शान्तिपूर्ण तथा उत्साहजनक रूपमा भइरहेको जानकारी दिए । देशभरका सात सय ५३ वटै स्थानीय तहका दश हजार सात सय ५६ मतदानस्थलका २१ हजार नौ सय ५५ मतदान केन्द्रमा मतदान कार्य भइरहेका छन् । मतदान अपराह्न ५ बजेसम्म हुनेछ । 

दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको छ । उक्त स्थानहरूमा मतदान कार्य छिट्टै सुचारु गरिने आयोगले जनाएको छ ।

Skip This
Skip This
Logo