स्थानीय निर्वाचनको शुक्रवार भइरहेको मतदानअन्तर्गत बाग्मती प्रदेशका ६ जिल्लामा प्रहरीले हवाई फायर गर्नु परेको छ । जसअन्तर्गत बाग्मती प्रदेशमा ४७ राउन्ड हवाई फायर भएको छ ।
दोलखामा सबैभन्दा बढी २३ राउन्ड हवाई फायर भएको बाग्मती प्रदेश प्रहरी प्रमुख डीआईजी पूजा सिंहले जानकारी दिइन् । रामेछापमा १५, सिन्धुपाल्चोकमा ४, धादिङमा ३ तथा नुवाकोट र काभ्रेमा १–१ राउन्ड हवाई फायर भएको प्रहरीले जनाएको छ ।
डीआईजी सिंहका अनुसार रामेछापको खाँडादेवी गाउँपालिका१ को मतदान मात्र स्थगित भएको र अन्य केही ठाउँमा स्थगितको सम्भावना रहेको छ ।































प्रतिक्रिया