भरतपुर महानगरको मतगणना ९ बजेदेखि

भरतपुर महानगरको मतगणना ९ बजेदेखि

केन्द्रबिन्दु
0
Shares

भरतपुर महानगरपालिकाको मतगणना  बिहान ९ बजेबाट सुरू हुने भएको छ । 

सर्वदलीय बैठकले मतगणना शनिबार बिहान ९ बजेबाट सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ । भरतपुर महानगरपालिकाको मतगणना चितवन प्रदर्शनी केन्द्र भरतपुर दुरसञ्चर रोडमा हुनेछ ।

गठबन्धन विरुद्ध बागी उम्मेदवारी परेपछि निकै चर्चामा रहेको भरतपुरमा कसले बाजी मार्छ भन्नेमा सबैको चासो रहेको छ । भरतपुर महानगरको प्रमुखमा २७ जनाको उम्मेदवारी परेको छ । तर गठबन्धनबाट उम्मेदवार तथा निवर्तमान मेयर रेनु दाहाल, गठबन्धनका बागी उम्मेदवार कांग्रेसका जगन्नाथ पौडेल र एमालेका विजय सुवेदीको चर्चा छ । 

Skip This
Skip This
Logo