पाल्पा : तिनाउ-१ मा एमाले विजयी

पाल्पा : तिनाउ-१ मा एमाले विजयी

केन्द्रबिन्दु
0
Shares

पाल्पाको तिनाउ गाउँपालिका-१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

अध्यक्षमा एमालेका भुवनसिंह चिदी १ हजार १४१ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी गठबन्धनका हस्तबहादुर रास्कोटीले ९७९ मत प्राप्त गरे ।

वडा सदस्यमा खुलातर्फ देउबहादुर पुन १ हजार १२१, यमबहादर गाहा १ हजार १२७, महिला खुला सदस्यमा धनकुमारी बगाले १ हजार १३० र दलित महिला सदस्य रुपकुमारी कामी १ हजार १३८ मतसहित विजयी  भए । तिनाउ-१ मा २ हजार १५० मत खसेको थियो ।

Skip This
Skip This
Logo