काभ्रेको मण्डनदेउपुर-१ मा एमालेका शिवप्रसाद ढकाल विजयी

काभ्रेको मण्डनदेउपुर-१ मा एमालेका शिवप्रसाद ढकाल विजयी

केन्द्रबिन्दु
0
Shares

काभ्रेको मण्डनदेउपुर नगरपालिकामा नेकपा एमालेले जितकाे सुरुवात गरेकाे छ। वडा नं.१ काे वडाध्यक्षमा कांग्रेसका बुद्धिमान तामाङलाई ४ मतले पराजित गर्दै एमालेका शिवप्रसाद ढकाल विजयी भएका हुन्। 

यस वडामा यसअघिकाे निर्वाचनमा पनि एमालेले नै जित हात पारेकाेमा वडाध्यक्ष लक्ष्मण बस्ताकोटी एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। यहाँ अहिले भने वडासदस्यमा नेपाली कांग्रेसबाट राजकुमार बस्ताकोटी विजयी भएका छन् । 

हालसम्म वडा नम्बर १ र २ मा मत गणना सकिएको छ। जसमध्ये वडा नम्बर २ मा कांग्रेसबाट राजकुमार मल्लको टिमले जित हात पारेको छ। 

मेयरमा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका टोकबहादुर वाइवा अगाडि छन् । उनलाई एमालेका विदुर सापकोटाले पछ्याइरहेका छन्। 

यस्तै उपमेयरमा पनि गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुमणि नेपालले अग्रता कायम गरेका छन् । एमालेकी सरिता ढकालले उनलाई पछ्याइरहेकी छिन् । 

Skip This
Skip This
Logo