भरतपुर महानगरपालिकामा वडा नम्बर १ को मतगणना सकिएको छ । उक्त वडामा अहिलेसम्म ३२७७ मत गणना भइसक्दा मेयर उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले १२०८ मत पाएकी छन् । एमाले र राप्रपाका साझा उम्मेदवार विजय सुवेदीले १०८७ मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।
बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलको भने ४३० मत आएको छ । उपमेयरमा गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारीले १३६५ मत र
राप्रपाकी हिमाल गुरुङले ८७७ मत पाएका छन् ।
वडाध्यक्षमा कांग्रेसका केशव महर्जन विजयी भएका छन् । उनले एमालेका शुक्रकुमार श्रेष्ठलाई ८४ मतले हराएका छन् । मतगणना जारी रहेकाे छ ।































प्रतिक्रिया