काभ्रेकाे मण्डनदेउपुर नगरपालिकामा मतगणना जारी छ। हालसम्म वडा नम्बर १ र २ मा गणना सकिएर अन्तिम परिणाम प्राप्त भइसकेकाे छ। वडा नम्बर १ मा एमाले र २ मा नेपाली कांग्रेसले जित हात पारेका छन्।
अहिले वडा नम्बर ३ र ४ काे मतगणना जारी छ । यी दुवै वडामा एमालेका उम्मेदवार अग्रस्थानमा छन् ।
प्राप्त पछिल्लाे जानकारी अनुसार मेयरमा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका टाेकबहादुर वाइवा अगाडि छन् । उनले १७३५ मत ल्याउँदा एमालेका विदुर सापकाेटाले १२२९ मत ल्याएका छन् ।
यस्तै उपमेयरमा पनि गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुमणि नेपालले १७०१ मत ल्याएर अगाडि छन् । एमालेकी सरिता ढकालले ११९२ मत ल्याएकी छिन् ।
काभ्रेमा १२ वटा वडाहरू रहेका छन् भने यहाँ २१ हजार ९३५ मत खसेकाे छ ।































प्रतिक्रिया