वीरगञ्ज महानगरपालिकामा गठबन्धनका राजेशमान सिंहको अग्रता

वीरगञ्ज महानगरपालिकामा गठबन्धनका राजेशमान सिंहको अग्रता

केन्द्रबिन्दु
0
Shares

मधेश प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार  राजेशमान सिंहले दुई हजार २८२ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् ।  

यसैगरी नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीले  ९१६ मत  छ । महानगरपालिकाको मतगणना अनुसार हाल वडा न १, २, ३१ र ३२ को मतगणना जारी छ । मतणना गर्न लामो समय लाग्ने भएकाले अन्तिम नतिजा आउन एक साता लाग्ने छ । 

महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा  नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी एस र  जनता समाजवादी पार्टी जसपाका बीच एक समूह बनाएर तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाएको छ भने नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबीच आर्को समूह बनाएर निवर्तमान् प्रमुख सरावगीलाई उम्मेदवार बनाएको हो ।

 यद्यपि पर्साका वीरगञ्ज महानगरपालिका बाहेकका अन्य पालिकामा राजनीतिक दलबीच खासै तालमेल भएको छैन । पर्सामा मधेश प्रदेशको एक मात्र महानगरपालिका, वीरगञ्ज महानगरपालिकासहित अन्य तीन वटा नगरपालिका र १० वटा गाउँपालिका रहेका छन् । पर्साका अन्य पालिकामा पनि मतगणना जारी छ । जिल्लाको १४ वटौ पालिकामा मतगणनाका लागि मतगणनास्थलमा आवश्यक फलामे तारजालीसहित सिसिटिभि जडान गरी व्यवस्थापना मिलाइएको  छ  ।

पर्सामा रहेका कूल १४ वटा पालिकाको विभिन्न पदको जनप्रतिनिधिका निर्वाचनमा लागि कूल  तीन हजार २९७ जना चुनावी प्रतिस्पर्धामा रहेका हुन् । पालिका रहेको पर्सामा हाल एक लाख ४८ हजार २८३  जना महिला र  एक लाख ९१ हजार ५३७ जना पुरुष र १६ जना तेस्रो लिङ्गी गरी तीन लाख ३९ हजार ८३६ जना  मतदाता रहेका थिए । 
 

Skip This
Skip This
Logo