उपमहासचिव ज्वालाकै वडामा समाजवादी पराजित

उपमहासचिव ज्वालाकै वडामा समाजवादी पराजित

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज ज्वालाको वडामा समाजवादी तेस्रो स्थानमा सिमित भएको छ ।

 सल्यानको बनगाड कुपिण्डे नगरपालिका-१ मा नेपाली काँग्रेसका थुमबहादुर बिसीले समाजवादीका डम्बरबहादुर शाहुलाई पराजित गरेका हुन् । कांग्रेसका उम्मेदवार विसिले ६ सय २३ मत ल्याएर विजयी भएका छन् । एमालेका दिपबहादुर खडका ५ सय ५७ मत ल्याएर दोस्रो भएका छन् । समाजवादी भने यो वडामा तेस्रो भएको छ ।

यो नगरपालिकामा मेयररउपमेयरमा तीन दलिय गठबन्धन भएपनि वडाहरूमा भने तालमेल हुन सकेन् । ज्वालको वडामा समाजवादी र नेकपा माओवादीबीच तालमेल गर्दापनि समाजवादी तेस्रो स्थानमा सीमित रह्यो ।

मेयरका तीन दलीय गठबन्धनका साझा उम्मेदवारको रुपमा माओवादीका कर्णबहादुर बुढाथोकी छन् भने उपमेयरका काँग्रेसका पुरुषोत्तम आचार्य छन् ।

Skip This
Skip This
Logo