कर्णालीका प्रदेशसभा सदस्य कोरोना सङ्क्रमित

कर्णालीका प्रदेशसभा सदस्य कोरोना सङ्क्रमित

केन्द्रबिन्दु
0
Shares

जुम्ला ।

कर्णाली प्रदेशसभा सदस्य तथा लेखा समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठलाई कोरोना सङ्क्रमण भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आइतबार प्राप्त रिपोर्टले उनलाई सङ्क्रमण देखाएको हो । प्रतिष्ठानका निर्देशक डा मङ्गल रावलले स्वाब सङ्कलन गरी आरटी परीक्षण गर्दा श्रेष्ठमा कोरोना सङ्क्रमण देखिएको बताए।

यता प्रदेशसभा सदस्य श्रेष्ठले कुरा गर्दै भने, “स्वाब परीक्षण गर्दा नतिजा पोजेटिभ आएको छ, म अहिले होम आइसोलेसनमा छु । स्वास्थ्य अवस्था सामान्य छ । म सँग कन्ट्याक्टमा रहेका व्यक्तिको टे«सिङ चाँडो गराउन म सङ्क्रमण भएको समाचार आउन जरुरी छ ।”

यसैगरी, प्रदेशसभा सदस्य श्रेष्ठसहित कर्णालीमा ५२ जनामा सङ्क्रमण देखिएको छ । यस अघि जुम्लामा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, उद्योग बाणिज्य सङ्घका अध्यक्ष रजव अलि मनियार, नेकपाका जिल्ला नेता जीवन बुढथापा, अधिवक्ता दिलबहादुर महत, महिला अधिकारकर्मी भगवती श्रेष्ठ र एनजिओकर्मी टेकबहादुर रावतलाई पनि कोरोना सङ्क्रमण देखिएपछि उनीहरु चार दिनदेखि आइसोलेसनमा छन् ।

२६ किलो अफिमसहित पाँच पक्राउ

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष टोलीको नेतृत्वमा २६ किलो लागुऔषध अफिमसहित पाँच जनालाई पक्राउ गरिएको छ ।

प्रदेश प्रहरी कार्यालयबाट गएको विशेष टोली, औषध ब्यूरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमबाट खटिएको संयुक्त टोलीले शनिबार बेलुका ७ बजेको समयमा नलगाड नगरपालिका–९ जाजरकोट निवासी ३७ वर्षीय प्रेमबहादुर सिंह, ४० वर्षीय मानबहादुर सिंह र ३२ वर्षीय तपबहादुर सिंहलाई १६ किलो अफिमसहित पक्राउ गरिएको हो । बरामद लागुऔषध अफिमसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिममा आवश्यक कारवाहीका लागि बुझाइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए।रासस

Skip This
Skip This
Logo