बधाई दिन हिँडेको मोटरसाइकल दुर्घटना, दुईजनाको मृत्यु

बधाई दिन हिँडेको मोटरसाइकल दुर्घटना, दुईजनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

रसुवामा गए राति भएको मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु भएको छ । दुर्घटनामा उत्तरगया गाउँपालिका १ का ४० वर्षीय राम तामाङ र नुवाकोट जिल्ला विदुर नगरपालिका-१० को ४३ वर्षीया पम्फा तामाङको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विष्णुप्रदीप बस्यालले बताए । उनका अनुसार बेत्रावतीबाट खाल्टे बगरतर्फ जाँदै गरेको बा ९६ ज २०९४ नम्बरको पल्सर मोटरसाइकल दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो । 

उनीहरु स्थानीय निर्वाचनमा उत्तरगया गाउँपालिका–४ का विजयी वडाध्यक्षको आफन्त भएकाले बधाई दिन जाने क्रममा उक्त मोटरसाइकल उत्तरगया–५ स्थित खाल्टे बगरमा दुर्घटना भएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Skip This
Skip This
Logo