७ जनामा कोरोना संक्रमण पुष्टि, ९ जना संक्रमणमुक्त

७ जनामा कोरोना संक्रमण पुष्टि, ९ जना संक्रमणमुक्त

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ७८५ नमूना परीक्षण गर्दा ७ जनामा  कोरोना संक्रमण पुष्टि भएको हो। 

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा ९ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १३९ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो समय काेरोनाविरुद्धको खोप लगाउनेको संख्या शून्य रहेको छ।

Skip This
Skip This
Logo