चितवनको भरतपुरमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले एमालेका उम्मेदवार विजय सुवेदीसँगको मतान्तर घटाएकी छन् । महानगरपालिकाको १ देखि ४ नम्बर वडाको १४६०७ मतगणना हुँदा उनले मतान्तर २४ मा झारेकी हुन् । यसअघि मतान्तर ५४ थियो।
मेयरमा एमालेका विजय सुवेदीले ४९२४ मत पाएका छन् भने माओवादी केन्द्रकी रेनु दहालले ४९०० मतका साथ पछ्याइरहेकी छन् । स्वतन्त्र उम्मदेवार जगन्नाथ पौडेलले २२६९ मत पाएका छन् ।
उपमेयरमा भने कांग्रेसका चित्रेसेन अधिकारीले लगातार अग्रता बनाएका छन् । अधिकारीले ६२६३ मत पाउँदा राप्रपाकी हिमला गुरुंगले ३२१३ मतका साथ पछ्याइरहेकी छन् । यहाँ माओवादी–कांग्रेस र एमाले–राप्रपा गठबन्धनबीच प्रतिस्पर्धा भइरहेको छ ।































प्रतिक्रिया