स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम जारी छ । स्थानीय तह निर्वाचनबाट सोमबारसम्ममा निर्विरोधसहित हालसम्म ११३ हजार ५८२ जनप्रतिनिधि निर्वाचित भएका छन् ।
निर्वाचन आयोगका अनुसार सोमबार दिउँसो साढे तीन बजेसम्म आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार नगर प्रमुख १३, अध्यक्ष ११७, उपप्रमुख १३, उपाध्यक्ष ११७, वडाअध्यक्ष २ हजार ६७९ जना निर्वाचित भैसकेका छन् ।
त्यस्तै वडा सदस्य ५ हजार ३१८, महिला वडा सदस्य २ हजार ६७८, दलित महिला सदस्य २ हजार ६४७ गरी कुल १३ हजार ५८२ जना उम्मेदवार निर्विरोध समेत निर्वाचित भएका छन् ।
आयोगले देशभर १३० वटा स्थानीय तहको निर्वाचनको सम्पूर्ण परिणाम आइसकेको जनाएको छ । आयोगका अनुसार विभिन्न कारणले मतदान स्थगित भएका ठाउँमा सोमबार मतदान भएको छ ।
धनकुटाको शहीदभूमि गाउँपालिका-६ को ठाकुरदेवी मा वि, सप्तरीको रुपनि गाउँपालिका-५ को गाविस भवन, रामेछापको खाँडादेवी गाउँपालिका-१ को वडा कार्यालय भवन र सुर्खेतको सिम्ता गाउँपालिका-३ को भगवती मा।वि।मा सोमबार मतदान भएको प्रवक्ता पौडेलले बताए ।
बझाङको केदारस्यु गाउँपालिका-४ को जगन्नाथ उच्च मा वि, बझाङको सुर्मा गाउँपालिका-२ को आधार बगर मावि र बझाङको सुर्मा गाउँपालिका-३ कृष्ण प्रा वि मतदान केन्द्रमा पनि सोमबार शान्तिपूर्णरुपमा मतदान भएको आयोगले जनाएको छ ।































प्रतिक्रिया