ललितपुरको महाङ्कालको अध्यक्षमा गठबन्धनका केसी विजयी

ललितपुरको महाङ्कालको अध्यक्षमा गठबन्धनका केसी विजयी

केन्द्रबिन्दु
0
Shares

ललितपुरको महाङ्काल गाउँपालिका अध्यक्षमा माओवादी(कांग्रेस गठबन्धनका उम्मेदवार गणेश केसी र गठबन्धनकै उपाध्यक्ष उम्मेदवार डोल्मा माया गोले विजयी भएका छन् । 

गाउँपालिकाकी निर्वाचन अधिकृत सुशीला ज्ञवालीका केसीले ३ हजार ४ सय ५५  मतले जित हासिल गरेका हुन् । उनी कांग्रेस नेता हुन् ।उनका निकतम प्रतिस्पर्धी एमालेका कमला तामाङले २ हजार ८ सय ८७ मत ल्याएकी छन् ।

माओवादी केन्द्रका नेता भगिरथ तिमल्सिनाले स्वतन्त्र रुपमा अध्यक्षको उम्मेदवारी दिएकोमा उनले २ सय ३८ मत ल्याएका छन् ।उपाध्यक्षमा विजयी गोलेले ३ हजार १ मत ५२ ल्याएकी छन् । उनका निकतम प्रतिस्पर्धी एमालेका पुरुषोत्तम हुमागाँईले २ हजार ७ सय ८७ मत ल्याएका छन् ।

Skip This
Skip This
Logo