कोरोना बीमा अन्यौलता हट्यो, ७ दिन भित्र भुक्तानी दिने सहमति

कोरोना बीमा अन्यौलता हट्यो, ७ दिन भित्र भुक्तानी दिने सहमति

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काेराेना विमा भुक्तानी सम्बन्धि विवादकाे अन्योलता हटेको छ । बीमा समितिले यस अगाडि सरकारी ल्याबमा पिसिआर  परिक्षणा गर्नेहरुलाइ मात्रै भुक्तानी दिने निर्देशन दिएपछि भएको विवाद निजी ल्याबको कोरोना पोजेटिभ रिपोर्टलाई पनि मान्यता दिने भनेसँगै विवाद अन्याेलता हटेकाे हाे ।

यस अघि समितिले कोरोना बीमा निर्देशीकामा सरकारी निकायको परिक्षणमा कोरोना पोजेटिभ आएको रिपोर्टमा मात्र दाबी भुक्तानी दिन कम्पनीहरुलाई निर्देशन  दिएको थियो । यसमा चौतर्फी विरोध भएपछि आइतबार बीमा समितिले बीमा कम्पनीका प्रतिनिधी, नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल वीमक संघ लगायतका संस्थाहरुका पदाधिकारीहरु समक्ष छलफल गरेको थियो ।

छलफलपछि स्वास्थ्य मन्त्रालय अन्तर्गत र मन्त्रालयबाट स्वीकृति लिएका सबै ल्याबहरुबाट गरिएको पोजिटिभ पिसिआर परिक्षण रिपोर्टलाई बीमा कम्पनीहरुले मान्यता दिने सहमति भएको छ । सबै ल्याबहरुबाट परिक्षणमा पोजेटिभ आएर परेका दाबीहरुलाई ७ दिन भित्र भुक्तानी दिने सहमति भएको बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले बताए ।

Skip This
Skip This
Logo