नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार अपराह्न संसद बैठकमा सहभागी भएनन्। केही दिनयता ज्वरोले सताएका कारण उनी संसदमा आउन नसकेका हुन्।
चुनावी दौडधूपमा कारण ओली वैशाख २७ गतेदेखि नै अस्वस्थ रहेको स्रोतले बतायो। ‘धपेडीका कारण सामान्य ज्वरो आएको थियो, आजचाहिँ अलि गाह्रो भएकाले बिहान अस्पताल लगिएको हो,’ओली निकट स्रोतले नेपालखबरसँग भन्यो,‘अहिले घरमै आराम गरिरहनुभएको छ, अवस्था समान्य नै छ, धपेडीका कारण सामान्य ज्वरो आएको मात्र हो ।’
स्थानीय तहको चुनावका बेला एमाले अध्यक्ष ओलीको सक्रियता अन्य नेताहरुको भन्दा धेरै देखिएको थियो ।































प्रतिक्रिया