काठमाडौंमा राप्रपाको उदय : शंखरापुर नगरपालिकाकाे मेयरमा रमेश नापित विजयी

काठमाडौंमा राप्रपाको उदय : शंखरापुर नगरपालिकाकाे मेयरमा रमेश नापित विजयी

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाले जित हात पारेको छ।

निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मेदवारलाई ७०४ मतको अन्तरले पराजित गर्दै राप्रपाका नापितले काठमाडौंमा नयाँ इतिहास रच्न सफल भएका हुन् । राप्रपाले ५१८२ मत ल्याउँदा समाजवादीका उम्मेदवारले ४,४७८ मत ल्याएका छन् ।

०६२/६३ पछि भएका स्थानीय तहको दुई निर्वाचनमा राप्रपाले काठमाडौंमा पहिलोपटक नगरपालिकाको प्रमुख पदमा विजय प्राप्त गरेको हो ।

शंखरापुरमा राप्रपाले तीनवटा वडासमेत जित्न सफल भएको छ । वडा नं ३ मा सूर्य तामाङ, वडा नं ६ मा राधाकृष्ण श्रेष्ठ र वडा नं ७ मा विष्णु कुमार श्रेष्ठले वडा अध्यक्षमा प्यानलसहित जितेका छन् ।

Skip This
Skip This
Logo