फिक्कल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमशः नेकपा एमालेका पार्वती सुनुवार र राजु वराल निर्वाचित भएका छन् ।
सुनुवारले चार हजार ६२ र बरालले चार हजार २५६ मत प्राप्त गरि निर्वाचित भएका हुन्। सुनुवारको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका निर्पबहादुर भुजेलले चार हजार १७ र वरालका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का लोकेन्द्रबहादुर कार्कीले तीन हजार ४२६ मत प्राप्त गरेका छन् ।
फिक्कलको ६ वडामध्ये चार वटामा एमाले, एउटामा माओवादी केन्द्र र एउटामा कांग्रेसले अध्यक्षमा विजयी भएका छन् ।
मरिणमा गठबन्धन विजयी
यसैगरी मरिण गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका विमर्श मोक्तानले पाँच हजार १९४ मत ल्याएर अध्यक्षमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गोविन्दलाल माझीले चार हजार ७६० मत प्राप्त गरे ।
त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका विमला माझीले पाँच हजार २८१ मत ल्याएर विजयी भइन् । मरिणको सात वडामध्ये ६ वटामा माओवादी केन्द्र र एउटामा एमाले विजयी भएका छन्।































प्रतिक्रिया