५५१ स्थानीय तहको नतिजा सार्वजनिक, कुन दलले कति पालिका जिते ?

५५१ स्थानीय तहको नतिजा सार्वजनिक, कुन दलले कति पालिका जिते ?

केन्द्रबिन्दु
0
Shares

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको ५५१ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । हालसम्मको नतिजामा स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले फराकिलो अग्रता बनाएको छ ।

२०७४ सालको स्थानीय निर्वाचनमा दोस्रो पार्टी भएको कांग्रेसले २०७९ मा आइपुग्दा नतिजामा व्यापक सुधारेको हो । काँग्रेसले बिहीबार बिहानसम्म २४५ स्थानीय तहमा जित हासिल गरेको छ । जसमा मेयर ८३ र अध्यक्ष पद १६२ समावेश छ । 

यसैगरी अघिल्लो स्थानीय तह निर्वाचनमा पहिलो स्थान ओगटेको एमालेको नतिजा खस्किएको छ । नतिजाअनुसार एमालेले १५७ स्थानीय तह जितेको छ । एमालेले भन्दा काँग्रेसले ८८ पालिका बढी जितेको छ । 

निर्वाचन आयोगको तथ्यांकअनुसार अझैपनि कांग्रेसले ६७ स्थानमा अग्रता बनाएको छ भने एमालेले ४४ स्थानमा अग्रता बनाएको छ । 

यस्तै १०२ स्थानीय तहमा जित हासिल गरेको माओवादी केन्द्रले १६ स्थानमा अझै अग्रता बनाएको छ । नतिजाअनुसार माओवादी केन्द्रको तेस्रो स्थान कायम हुने देखिएको छ । 

यस्तै एकीकृत समाजवादी पार्टी चौथो दल हुने देखिएको छ । सो पार्टीले २० स्थानमा विजय हासिल गर्दा ११ स्थानीय तहमा अझै अग्रता कायमै गरेको छ।  मधेसी दलसहित अन्य पार्टी र स्वतन्त्र उम्मेदवारले भने २७ स्थानमा जित हासिल गर्दा ३३ वटामा अग्रता रहेको छ । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनबीच महानगर र उपमहानगरसहित केही पालिकामा गठबन्धन भएको थियो भने एमालेले पनि राप्रपासहितका केही साना पार्टीसँग गठबन्धन गरेको थियो ।

Skip This
Skip This
Logo