ओलीको वडामा पुगेपछि दमकमा एमालेको अग्रता

ओलीको वडामा पुगेपछि दमकमा एमालेको अग्रता

केन्द्रबिन्दु
0
Shares

दमक नगरपालिकामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर रहेको वडा नम्बर ५ को मतगणना सुरु भएको छ। 

यहाँ एमालेलाई पछि पार्दै अग्रता लिइरहेका गठबन्धनका राम थापा र रेगिना भट्टराईको मत यो वडामा आइपुगेपछि ह्वात्तै घट्न थालेको छ। 

वडा नम्बर ५ को प्रारम्भिक मत गणनाअनुसार एमालेकी मेयर उम्मेदवार गीता अधिकारीले ३६९ मत पाउँदा राप्रपाका राम थापाले २३१ मत पाएका छन्। 

त्यसैगरी उपमेयरमा एमाले उम्मेदवार अम्बिका प्रसाद खनालले ३२३ मत पाउँदा कांग्रेसकी रेगिना उप्रेतीले २६५ मत पाएकी छन्। 

वडा अध्यक्ष र सदस्यको गणनामा पनि एमालेले नै अग्रता लिएको छ। एमालेका वडाध्यक्षले ४०१ मत पाउँदा गठबन्धनका उम्मेदवारले २०८ मत पाएका छन्। 

१० वटा वडा रहेको नगरपालिकामा अब केपी ओलीको गृह वडापछि ६ नम्बर वडाको मत गणना हुनेछ । अन्य वडाहरूको मतगणना भइसकेको छ।

हालसम्म ८ वटा वडाको मत गणना हुँदा राप्रपाका राम थापाले १४ हजार ५७० मत पाएका छन् भने एमालेकी गीता अधिकारीले १३ हजार ७०० मत पाएकी छन्। 

त्यस्तै उपमेयरमा एमालेले १३ हजार ५३६ मत पाउँदा कांग्रेसले १३ हजार ९३१ मत पाएको छ। वडा नम्बर ५ को गणनाबाट मतान्तर घट्ने देखिएको छ। वडा नम्बर ६ मा पुग्दा कसले जित्छ भन्ने टुंगो लाग्ने छ।
 

Skip This
Skip This
Logo