ललितपुरमा चिरिबाबुलाई २१ हजार ९७ मत, बढाउँदै अग्रता

ललितपुरमा चिरिबाबुलाई २१ हजार ९७ मत, बढाउँदै अग्रता

केन्द्रबिन्दु
0
Shares

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले आफ्नो अग्रता कायमै राखेका छन् ।

पछिल्लो मत परिणाम अनुसार उनले २१ हजार ९७ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १२ हजार ३२ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अष्टबहादुर महर्जनले १,४३६ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेकपा एमालेकी मन्जली शाक्य बज्राचार्य सबैभन्दा अगाडि छिन् । उनले ११ हजार ८४२ मत ल्याएकी छिन् भने हालसम्म नेकपा माओवादी केन्द्रका बाबुराम बज्राचार्यले ८ हजार ३५४ मत प्राप्त गरेका छन् । 

Skip This
Skip This
Logo