केशव स्थापितको वडामा काँग्रेसको क्लिन स्वीप

केशव स्थापितको वडामा काँग्रेसको क्लिन स्वीप

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिका-२८ मा नेपाली कांग्रेसका भाइराम खड्गीको प्यानलै विजयी भएको छ ।   

भाइरामले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका दीपेन्द्र खड्गीलाई २०९ मतान्तरले पराजित गरेका हुन्। नेकपा एमालेबाट महानगरको वडामा कांग्रेसले क्लिन स्वीप गरेको छ ।  भाइरामले एक हजार २८२ तथा दीपेन्द्रले एक हजार ७३ मत प्राप्त गरे । त्यसैगरी  सदस्यमा कांग्रेसकै अरुण तण्डुकार र वीरेन्द्र महर्जन विजयी भएका छन् ।  

महिला सदस्यतर्फ कांग्रेसकी नीनाकुमारी खड्गी  र दलित महिला सदस्यमा पनि कांग्रेसकै ललिता कार्की ढली विजयी भएको काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए।  

त्यस्तै प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह र उपप्रमुखमा सुनिता डङ्गोलले अग्रता कायमै राखेका छन् । वडा नम्बर १, २, ३, ४, ५, २८ र ३० को मतपरिणाम सार्वजनिक भइसकेको छ । एकदेखि पाँचसम्म वडाध्यक्षमा एमाले तथा वडा नं २८ र ३० मा कांग्रेस विजयी भएको छ । काठमाडौँ महानगरमा कूल मतदाता तीन लाख २४२ रहेकामा ६३ दशमलव ४९ प्रतिशत मत खसेको आयोगले जनाएको छ ।   

Skip This
Skip This
Logo